Like us!
Follow us!
Connect us!
Watch us!

सद्धार्थ बैंकको २ अर्ब ५० करोडको ऋणपत्र आउँदै

आइतबार, ०९ मंसिर २०७५, ११ : ५४ मा प्रकाशित

सद्धार्थ बैंकको २ अर्ब ५० करोडको ऋणपत्र आउँदै

अर्थ संसार, काठमाडौँ–  सिद्धार्थ बैंकले नेपाल धितोपत्र बोर्डबाट रु २  अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने स्वीकृति पाएको छ ।

बैंकले १०.५ प्रतिशतमा ७ वर्षका लागि ’एसविएल डिवेन्चर २०८२’ निष्कासन गर्ने अनुमति प्राप्त गरेको छ। बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्ती गरेको छ ।

बैंकले प्रति डिवेन्चर रु १००० हजारको दरमा ४ लाख ५० हजार इकाई सर्वसाधारणको लागि र १८ लाख इकाई निजी क्षेत्रका लागि निष्कासन गर्नेछ ।

बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार ’इक्रा एनपि ट्रिपल बि प्लस’ प्राप्त गरेको छ। यसले मध्यम किसिमको सुरक्षा रहेको संकेत  गर्ने क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको