Like us!
Follow us!
Connect us!
Watch us!

नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना

शुक्रबार, १४ मंसिर २०७५, ११ : १५ मा प्रकाशित

नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना

अर्थ संसार, काठमाडौं– नबिल बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर “नबिल भिसाकार्ड क्यास-ब्याक” नामक “नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना शुरु गरेकोछ । यस योजनाम। नबिल भिसाकार्ड वाहक ग्राहकहरुले १०% नगदै फिर्ता पाउनेछन्।

१०% नगद फिर्ता योजना यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट-क्रेडिट-प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पोस एइक् बाट प्रत्येक पटक सफल कारोबारको १०% अथवा अधिकतम रु.५०० नगदै फिर्ता पाउनेछन् ।यो योजना मिति २०७५/०८/१४ गते देखि २०७५/०९/१६ गते सम्म रहनेछ ।

“यस योजनाले हाम्रा भिसाकार्डवाहक ग्राहकहरुलाई कार्ड मार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै उहांहरुलाई POS तथा e-commerce को लागि कार्डको प्रयोग बढी भन्दा बढी गर्न र विद्युतिय कारोवारलाई सजिलो सँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ । साथै यस योजनाले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतिय कारोबारका लागि प्रेरित गरी हाल भुक्तानीका लागि नगद प्रयोग गरिरहेका ग्राहकलाई कार्ड मार्फत नियमित कारोवार गर्न प्रेरित गरी डिजिटल बैंकिङ विकास गर्नको लागि सहयोग पुग्नेमा विश्वास लिएको छु ।” नबिल बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नु भयो ।

नबिल बैंक भिसा इन्टरनेशनल, मास्टरकार्ड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको -Visa International, MasterCard International and UnionPay International_ नेपालमा रहेको एक प्रमुख अग्रणी सदस्य हो र यसले डेबिट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्ड जारी गर्नुका साथै ATM, पोइन्ट अफ सेल्स -POS_ र इलेक्ट्रोनिक पेमेण्ट गेट वे नेटवर्क मार्फत कार्डको कारोवार गर्दै आएकोछ ।  

नबिल बैंक नयाँ प्रविधीलाई ग्रहण गर्न तथा नयाँ सेवा तथा योजनालाई अंगिकार गर्ने कार्यमा सधै अग्रपङ्तिमा रही आएको छ । “नबिल भिसाकार्ड क्यास-ब्याक” नामक “नबिल भिसाकार्ड प्रवर्धनात्मक दोस्रो चरण् को अभियान शुरु गरेकोछ । यस नबिल बैंकका भिसाकार्ड वाहकहरु अधिक लाभान्वित हुनुहुनेछ भन्नेमा हामी विश्वस्त रहेकाछौं ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको