Like us!
Follow us!
Connect us!
Watch us!

युनिक बचतको पूँजी ११ करोड

शनिबार, १५ मंसिर २०७५, १७ : ३६ मा प्रकाशित

युनिक बचतको पूँजी  ११ करोड

अर्थ संसार, काठमाडौँ– ललितपुरको कुपण्डोलस्थित युनिक बचत तथा ऋण सहकारी संस्थाको यस वर्षको पूँजी रु ११ करोड चार लाख ५० हजार रहेको छ ।

हाल संस्थाले रु ४३ करोड बराबरको कारोवार गरिसकेको छ भने संस्थामा जम्मा दुई हजार ५०० बचतकर्ता छन् । संस्थामा अझै रु एक करोड ६० लाख जगेडा कोष छ । संस्थाको दशौँ साधारणसभामा संस्थाका अध्यक्ष मिथिला खड्काले बचतका माध्यमबाट समाजलाई लाभ दिनु पर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रेमनाथ जोशीले पछिल्लो समयमा केही सहकारीले गरेको बेइमानीका कारण सहकारी शब्द अलोकप्रिय बन्दै गएको बताउनुभयो । सरकार, निजी क्षेत्र र गैरसरकारी संस्था सँगै हिँडे मात्र देशको विकास सम्भव हुने उहाँको भनाइ छ ।

आगामी वर्षदेखि एक व्यक्तिले एउटा सहकारीमा मात्र बचत गर्न पाउने सहकारी डिभिजन ललितपुरका प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको