Like us!
Follow us!
Connect us!
Watch us!

रोशनकुमार न्यौपाने एनआईसी एसिया बैंकको सिइओमा नियुक्त

आइतबार, १६ मंसिर २०७५, ११ : १३ मा प्रकाशित

रोशनकुमार न्यौपाने एनआईसी एसिया बैंकको सिइओमा नियुक्त

अर्थ संसार, काठमाण्डा– एनआइसी एशिया बैंक लिमीटेडले रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

एनआईसी एसिया बैंक लिमिटेडको आइतबार बसेको ३७९औं सञ्चालक समितिको बैठकले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नियुक्त गरेको छ । उनको कार्यकाल ४ वर्षको लागि तोकिएको छ ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा स्वीकृत भए पश्चात न्यौपानेले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।

न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम सञ्जाल लगायतका परिसूचकमा नेपालकै सबैभन्दा ठूलो बैंकको पहिचान बनाइसकेको छ ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । न्यौपाने चार्टड एकाउण्टेण्ट समेत हुन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आइतबार नै बैंकका संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

नवनियुक्त प्रमुखकार्यकारी अधिकृत न्यौपानेले बैंकका समस्त ग्राहकवहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरीे समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पले परिकल्पना गरेबमोजिम सबै सरोकारवालाहरुको सर्वा्ङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंकको रुपमा एनआइसीलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो बैंकको हाल देशभर १४ लाखको हाराहारीमा ग्राहक रहेका छन् । बैंकको कुल शाखा संख्या २६८ तथा एटीएम संख्या २८१ वटा छन् । यो बैंक देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक समेत हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको