Like us!
Follow us!
Connect us!
Watch us!
१० बर्ष संचालनमा आएका बैंक तथा वित्तीय संस्थाको सेयर साधारणमा परिणत गर्न सकिने

बैंक तथा वित्तीय संस्था ऐन संसदबाट पारित

मंगलबार, २६ पुस २०७३, १६ : ३५ मा प्रकाशित

बैंक तथा वित्तीय संस्था ऐन संसदबाट पारित

अर्थ संसार

काठमाडौं–बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर अब १० बर्षपछि साधारणमा परिणत गर्न पाइने भएको छ । यस्तो सेयर परिवर्तन गर्न राष्ट्र बैंकबाट स्वीकृति भने लिनु पर्ने छ । लामो समयदेखि विवादित बनेको बैंक तथा वित्तीय संस्था ऐन यस्तो ब्यवस्थासहित मंगलबार संसदबाट पारित भएको छ । ऐन राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यान्वयनमा आउने छ। संबैधानिक निकायमा बसेका ब्यक्ति कुनै पनि वित्तीय संस्थाको संचालकमा बस्न नपाउने ब्यवस्था पनि संसोधित ऐनमा छ । संसोधित ऐनमा संचालक रहेका ब्यक्तिले सम्बन्धित संस्थाबाट ऋण लिन नपाउने प्राबधान राखिएको छ ।

त्यसै गरी संचालक समितिको सदस्य रहन योग्यता तोकिएको छ । विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रको संगठित संस्था वा नेपाल सरकारको सेवामा सञ्चालक वा पदाधिकारी तहमा १० बर्ष काम गरेको वा स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रको संगठित संस्था वा नेपाल सरकारको सेवामा सञ्चालक वा पदाधिकारी तहमा तीन बर्ष काम गरेको वा अर्थशास्त्र, वाणिज्य तथा लेखालगायत सम्बन्धित क्षेत्रको बिषयमा स्नातकोत्तर हासिल गरेको व्यक्ति सञ्चालक पदमा नियुक्त हुन पाउने छ। बैंक तथा वित्तीय संस्थाको सञ्चालकको अवधि बढीमा २ कार्यकाल अर्थात ८ वर्षसम्म हुनेछ । 

बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको कार्यकाल चार बर्षको हुने छ । यस्तै एक व्यक्तिले लगातार दुई कार्यकाल मात्रै एउटा संस्थामा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्न पाउनेछन् । संसोधित ऐन लागू भएपछि बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले ०.५ प्रतिशत सेयर पाउने भएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको