Like us!
Follow us!
Connect us!
Watch us!

माधव नेपालले पार्टीलाई माओवादीमा गएर विसर्जन गराए : शंकर पोखरेल

अर्थ संसार

सोमबार, २४ कार्तिक २०८२, १६ : ५८ मा प्रकाशित

माधव नेपालले पार्टीलाई माओवादीमा गएर विसर्जन गराए : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माधवकुमार नेपालसहितका नेताहरू माओवादी पार्टीमा गएर विसर्जन भएको दाबी गरेका छन्। सोमबार राष्ट्रिय सभा गृहमा आयोजित 'घर फर्क अभियान' घोषणा सभामा सम्बोधन गर्दै उनले माधव नेपालसहितका नेताहरूले एमालेका मूल मान्यता र अडानलाई बेवास्ता गर्दै पार्टीलाई माओवादीमा विलय गराएको बताए ।

पोखरेलका अनुसार, एमालेका सिद्धान्त र स्थायित्वप्रति दृढ रहने प्रतिबद्धता त्यागेकै कारण उनीहरू अहिले राजनीतिक रूपमा विसर्जित भएका छन्।

पोखरेलले  भनेका छन् ,‘वास्वतमा माधव नेपालको नेतृत्वमा नेकपा एमालेका मान्यतामा अडिग रहेर बलियो पार्टी निर्माण गर्ने संकल्प आज माओवादी पार्टीमा विसर्जनका रुपमा अन्त्य भएको छ,’ 

उनले राष्ट्रमाथि संकट परेको बेलामा सधैँ एमाले अघि बढेको बताए ।

उनले भने ,‘हामीले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा हाम्रो पार्टी नेकपा एमाले जतिबेला राष्ट्रमाथि चुनौती उत्पन्न हुने गर्छ त्यतिबेला राष्ट्रलाई संकटबाट बाहिर निकाल्नका लागि अघि बढ्छ भन्ने कुरा इतिहासले पुष्टि गरेको छ,’ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको