रामु खनाल, शेयर बजार बिश्लेषक
सरकार समृद्ध नेपाल, सुखी नेपाली भनिरहेको छ । मुलुक समृद्ध बन्नको लागि देशमा लगानी योग्य वातावरण हुनुपर्छ, करका दरहरु न्यून हुनुपर्छ, मानिसहरुलाइ बैंकमा रकम जम्मा गर्न निरुत्साहित गरिनुपर्छ, बैंकमा जम्मा गरिने पैसा लगानी गर्न उत्प्रेरित गरिनुपर्छ ।
जसको लागि बैंकले दिने ब्याजदर निकै न्यून बनाइनु तर लगानीबाट आउने प्रतिफल उच्च हुने बाताबरण मिलाइनु पर्छ । यदि बैंकले दिने ब्याजदरमा उच्च भयो भने मानिसहरू बैंकमा रकम जम्मा गर्न उत्साहित हुन्छन् र लगानी गर्न रुचाउदैनन् । लगानी नगरि मुलुकमा कसरी समृद्धि आउछ ?
अहिले बैंकहरुमा ब्याजदर बढाउने होडबाजी नै छ । यो भनेको अर्थतन्त्रको लागि पक्कै पनि सुखद संकेत होईन । बैंकले दिने ब्याजदर उच्च हुँदा बैंकले लिने ब्याजदर झन उच्च हुन्छ । फलस्वरूप लगानीकर्ताको लागत महँगो पर्न जान्छ ।
लागत महँगो परेको कारण उत्पादित बस्तु बजारमा महँगो मुल्यमा बेच्नु पर्छ । तर, खरिदकर्ताहरु त्यहि गुणस्तरको तर तुलनात्मक रूपमा सस्तो मुल्यमा बस्तुहरु खोजिरहेका हुन्छन् । बजारमा त्यहि बस्तु बिदेशबाट आयातित सस्तो भयो भने खरिदकर्ताले स्वदेशी बस्तु खरिद नगरि बिदेशी बस्तु खरिद गर्छन् । त्यसैले मुलुक समृद्ध बनाउनको लागि स्वदेशी उत्पादन सस्तोमा पाइने बाताबरण मिलाउनु पर्छ ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने तर बिदेशी उत्पादनलाई निरुत्साहित गर्ने नीति ल्याउनु पर्छ । जसको लागि उत्पादन लागत न्यूनीकरण गर्न बैंकको ब्याजदरमा व्यापक कटौती गरि न्यून बनाइनु पर्छ । बैंकमा जम्मा हुने रकम भनेको बचतको रकम हो । देश समृद्ध बनाउने हो भने सो बचत रकम न्यून लागतमा परिचालन हुने प्रणालीको बिकास गरिनुपर्छ ।
बढ्दो ब्याजदरले पुँजि बजार मात्र होइन सम्पूर्ण अर्थ ब्यवस्था नै धरमराउन पुग्छ । ब्याजदर कम भयो बैंकमा निक्षेप आउदैन कि भन्ने प्रश्न उठछ, बैकमा रकम जम्मा जम्मा गर्नु भनेको नै सुरक्षाको लागि हो, आय आर्जनको लागि त लगानी गर्नुपर्छ भन्ने सोचको बिकास गर्नुपर्छ ।
सरकार समृद्ध नेपाल भन्दै नारा लगाउदै जाने बैंकहरु ब्याजदर बढाएको बिज्ञापन छाप्दै जाने हो भने मुलुक समृद्धि तर्फ होईन अवनति तर्फ धकेलिन पुग्छ । अतस् पुँजि बजार र अर्थतन्त्रको धमिरो बैंकहरुको बढदो ब्याजदर तुरुन्त नियन्त्रण गर्नुपर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस