रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उलेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ४७.२५ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड १ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको हो । कम्पनीको यस्तो नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ३८ करोड ७२ लाख रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ९४ करोड ९३ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषको आकार गत आर्थिक वर्षमा ३६.४५ प्रतिशतले बढेर १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको खुद बीमा शुल्क आम्दानी ३१.८२ प्रतिशतले बढेको छ । गत आवमा कम्पनीको यस्तो आम्दानी ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको त्यस्तो आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्ष कम्पनीले आफ्ना अभिकर्तामा ४८ करोड ५१ लाख रुपैयाँ खर्चिएको थियो भने गत वर्ष १०.१३ प्रतिशतको वृद्धि गरेर ५३ करोड ६२ लाख रुपैयाँ खर्चिएको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १०.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४७.४७ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस