Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बीमा कम्पनी वित्तीय अवस्था : नाफमा २८ प्रतिशतको गिरावट, ७ वटाको बढ्दा ६ वटाको घट्यो

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, १२ : ०५ मा प्रकाशित

निर्जीवन बीमा कम्पनी वित्तीय अवस्था : नाफमा २८ प्रतिशतको गिरावट, ७ वटाको बढ्दा ६ वटाको घट्यो

गत आर्थिक वर्षको अन्तिमसम्ममा जिर्नीवन बीमा कम्पनीहरुको नाफामा भारी गिरावट आएको छ । कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विरवण अनुसार २८.९२ प्रतिशतले नाफा घटेको हो । 

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ४ अर्ब १६ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा सञ्चालनमा रहेका १४ वटा ठूला निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ८५ करोड २९ लाख रुपैयाँ नाफा कमाएका थिए । वित्तीय विवरण अनुसा गत आर्थिक वर्षमा ७ वटा निर्जीवन बीमा कम्पनीको नाफा बढेको छ भने ६ वटाको घटेको छ । उएटा कम्पनीको नाफा ऋणात्मक रहेको छ । 

गत आर्थिक वर्षमा नाफा वृद्धि गर्न सफल निर्जीवन बीमा कम्पनीहरुमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् । त्यस्तै गत आवमा द ओरियन्टल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, आईजिआई प्रुडेन्सियल इन्स्यारेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सको नाफा घटेको छ । त्यस्तै गत आव नेशनल इन्स्योरेन्सको नाफा ऋणात्मक रहेको छ । 

समीक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा ३.६३ प्रतिशतले बृद्धि भएर ७१ करोड ३१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गत आर्थिक वर्षको अन्तमसम्ममा हिमालय इन्स्योरेन्सको नाफा ५.९५ प्रतिशतले बढेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ५३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै गत आवमा शिखर इन्स्योरेन्सले ४५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको भन्दा १.६६ प्रतिशतले धेरै हो । त्यस्तै यो अवधिमा सानीमा जिआईसी इन्स्योरेन्सको नाफा १०.१३ प्रतिशतले बढेर ३५ करोड ३ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै गत आर्थिक वर्षमा नेपाल इन्स्योरेन्सको नाफा पनि ४.१८ प्रतिशतले बढेर ३१ करोड ६४ लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सको नाफा ३९.२४ प्रतिशतले बढेर २१ करोड १९ लाख रुपैयाँ पुगेको छ । गत आवमा नाफा वृद्धि गर्न सफल अर्को निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्सको नफा ९.६६ प्रतिशतले बढेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ ।  गत आर्थक वर्षको अन्त्यसम्ममा नेको इन्स्योरेन्सले कुल ५५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ६.७२ प्रतिशतले कम हो । त्यस्तै गत आर्थिक वर्षको अन्तिमसम्ममा राष्ट्रिय बीमा कम्पनीको नाफा ३१.८३ प्रतिशतले घटेर ४२ करोड ७६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा १२.५३ प्रतिशतले घटेर ४० करोड ३२ लाखमा सिमित भएको छ । 

त्यस्तै गत आवको वित्तीय विवरण अनुसार आईजीइआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा २७.८३ प्रतिशतले घटेर ३६ करोड ४९ लाख रुपैयाँमा झरेको छ । त्यस्तै नाफा घट्ने अर्को निर्जीवन बीमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्सको नाफा १२.८७ प्रतिशतले घटेर २१ करोड ६४ लाखमा पुगेको छ । त्यस्तै गत आर्थिक वर्षमा द ओरियन्टल इन्स्योरेन्सले ८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८६.०९ प्रतिशतले कम हो ।  वित्तीय विवरण अनुसार नेशनल इन्स्योरेन्सको अवस्था भने निकै दयनीय बन्दै गएको देखिन्छ । कम्पनीको नाफा ऋणात्मक अवस्थामा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा यो कम्पनीको नाफा ६२ कारेड ३९ लाख रुपैयाँले नाफा ऋणात्मक रहेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको