अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनी लिमिटेडको १५ औं वार्षिकसाधारण सभा पुष २४ गते अर्थात मंगलबार हुँदैछ ।
विहान ठिक १० जबे कार्की व्याङ्गेट, बबरमहलमा हुने कम्पनीले जनाएको छ । वार्षिक साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७३\०७४ को मुनाफाबाट ५ प्रतिशत (करवाहेक) बोनस शेयर र संचालक समितिको संरचना परिवर्तन तथा निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्दैछ ।
त्यसै गरी लेखापरिक्षकको नियुक्त र नीजको पारिश्रमिक तोक्ने, आर्थिक वर्ष २०७४\०७५ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल लगायतका सामान्य प्रस्तावहरु समेत पारित गर्दैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस