Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीले ५१ मेगावाटका दुई आयोजना बनाउने, दोर्दीको आइपिओको तयारी

आइतबार, २९ पुस २०७५, ११ : १० मा प्रकाशित

लिवर्टी इनर्जीले ५१ मेगावाटका दुई आयोजना बनाउने, दोर्दीको आइपिओको तयारी

अर्थ संसार, काठमाडौं – लिवर्टी इनर्जी कम्पनीले ५१ मेगावाटका जलविद्युत आयोजना निर्माण अघि बढाएको जनाएको छ ।

 लमजुङ र बागलुङमा ती आयोजना निर्माण अघि बढाइएको कम्पनीले उल्लेख गरेको हो । लमजुङमा निर्माण भइरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को निर्माण करिब ८५ प्रतिशत काम पूरा भएको छ ।

बाँकी दुई आयोजनाको अध्ययन पूरा भई विद्युत खरिद सम्झौता (पिपिए) गर्ने तयारीमा छन् । आयोजनाबाट २०७६ भदौमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । बागलुङ र लमजुङमा निर्माण हुने क्रमशः २४.६ मेगावाटको बडिगाड खोला र १.६ मेगावाटको लोदोखोलाको काम अर्को वर्षबाट सुरु गर्ने छ ।

कम्पनीले माथिल्लो दोर्दी ‘ए’ मा लगानी गर्न समयभित्र स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको