Like us!
Follow us!
Connect us!
Watch us!
श्री भाग्योदय मा. वि लाई केहि थान कम्प्युटर हस्तान्तरण

सामाजिक उत्तर दायित्वमा एनआई सी एशिया बैंक

शनिबार, १२ माघ २०७५, १३ : ०२ मा प्रकाशित

सामाजिक उत्तर दायित्वमा एनआई सी एशिया बैंक

अर्थ संसार, काठमाडौं – एनआई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा काठमाण्डौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित श्री भाग्योदय मा. वि लाई केहि थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

प्रतिनिधी सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति माननिय शशी श्रेष्ठको प्रमुख आथित्यता तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको विशेष आथित्यतामा श्रीमती शशि श्रेष्ठ, श्रीमान शिवराज श्रेष्ठ तथा बैंकका प्रमुख जन सम्र्पक अधिकृत अर्जुन राज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु के सी र प्रधानाध्यापक श्री रुसण बसीलाई सयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण गरे ।

विद्यालय लक्षित यस्ता संस्थागत सामाजिकउत्तरदायित्व सम्बन्धीकार्यक्रमले विद्यार्थीहरुको पठनपाठन  तथाकम्प्युटर शिक्षामासहयोग पु-याउने हुनाले उक्तकार्यको शशी श्रेष्ठले प्रशंसा गरे । सो कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले नेपालकै सर्वोत्कृष्ठ उदारणीय बैंकिङ्ग गरिरहेको एन आई सी एशिया बैंकले गरेको यस्ता सामाजिक उत्तरदायित्वको खुलेर प्रशांसा गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकका प्रमुख सूचना अधिकृत  अर्जुन राज खनियाले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको