अर्थ संसार, काठमाडौं– युनाइटेड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा फागुन १६ गते कार्की ब्यांक्वेट बबरमहलमा हुने भएको छ ।
साधारण सभाको प्रस्तावमा पूँजी वृद्धिका लागि २ सय ४० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति गर्ने सम्बन्धी रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका फागुन ७ गतेदेखि ८ गतेसम्म बन्द रहनेछ ।
कम्पनीको हालको चुक्तापूँजी ३० करोड २४ लाख रहेको छ । २ सय ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि चुक्तापूँजी १ अर्ब २ करोड पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस