अर्थ संसार, काठमाडौं– जेसीबी ब्याकहोलोडरको आविस्कार सन् १९५३ मा युकेमा जोसेफ सिरिल व्यामफोर्डबाट भएको हो । यही उत्पादन अहिले आएर विश्वकै सर्वाधिक बिक्रिहुने ब्राण्डको रुपमा परिचित भएको छ ।
निर्माण जगतमै यो एक नयाँ उत्पादन र बहुउपयोगी भएकाले यो मेशिनले विश्व बजारको सबै भन्दा बढी भाग ओगटेको छ । त्यसमध्ये कुल बजारको ५० प्रतिशत जेसीबीको ब्याकहोलोडरले ओगटेको छ ।
जेसीबीले हरेक वर्ष आफ्ना उत्पादनहरुमा ध्यान दिदै उपभोक्ताहरुको आवश्यकता र त्यसको लगानिको उच्च प्रतिफल फिर्ता हुने गरी काम गरिरहेको छ भने, अपरेटरले सहज रुपमा काम गर्न सक्ने व्यवस्थाका साथै वातारणलाई बिशेष ध्यान दिएकोछ ।
जेसीबीले “लिडिङ्ग वाई इनोभेसन” अर्थात आविस्कारका माध्यमबाट नेतृत्व गर्ने कुरामा विश्वास राख्दछ, जसले गर्दा स्थापना काल देखिनै जेसीबीले आफुलाई नं १ को स्थानमा राख्न सफल भएकोछ ।
एम.ए.डब्ल्यू अर्थमुभर्स जेसिबीको आधिकारीक बिक्रेता हो । विश्वकै एक प्रमुख वितरक मध्ये एम.ए.डब्ल्यूअर्थमुभर्स एक हो । जस्ले निर्माण जगतका साथै उपकरणको दुनियामा अग्रणी भूमिका निर्वाहा गरेको छ ।
यसले निर्माण जगतमा छलाङ्गं मार्ने उद्धेश्यका साथ नयाँ eco Xellence 3DX Super Backhoe Loader नयाँ ३० सुविधा सम्पन्न फिचर सहित बजारमा ल्याएकोछ । त्यसमा १५ इन्ड्रस्ट्रीकै पहिलो र ५ वटा विश्वकै पहिलो (Automatic Manual Transmission ) स्वचालित
म्यानुअल ट्रान्स्मिसन, SOS स्वीच, इकोनोमि एण्ड पावरमोड, गाइड मिहोम, smart App machine Diagnostics रहेका छन्।
जेसीबीले विश्वमै पहिलो पटक ब्याकहोलोर्डस्मा अटोम्याटीक मैन्युअल ट्रन्स्मिसन (इजिसिफट)टक्नोलोजीको प्रयोग गरेको छ । यसमा अटोम्याटीक गिएर सिफ्टिङ्गका साथै सहज रुपमा अपरेसन गर्न सकिने र अन्य नयाँ प्रविधिको व्यवस्था गरेको छ ।
एम्.ए.डब्लुजेसीबीका सेल्स एण्ड् मार्केटिङ डिजिएम श्री दिपकराज गिरीका अनुसार “प्रत्येक ३ वटा मेसीन बिक्री हुँदा २ वटा जेसीबी” रहेको छ । नेपालको निर्माण जगतमा र नेपाली भूभागहरुमा आफ्नो छुटै पहिचान बनाई यसले ग्राहकहरुको आवश्यकतालाई बिशेष ध्यानदिएको बताउनुभयो ।
जेसीबीले आफ्ना उत्पादनहरु मार्फत आफ्ना सेवाग्राहीको आवश्यकतालाई ध्यान दिइ उपभोत्ताहरुको लगानिको उच्च प्रतिफल आउने गरी यसले आफ्नो नयाँ बजार विस्तार गरिरहेको बताउनुभयो ।
प्रमुख गिरिले नयाँ घम्ह् सुपर ब्याकहोलोर्डस्बाट प्रत्येक बर्ष प्रत्यक्ष रुपमा रु ४.६ लाखको थप बचत हुने बताउनुभयो । यो बचतका लागि १० प्रतिशत फुयूल इफिसेन्सी, रिडियूस् हाइड्रोलीक ट्याङ्क र ७ प्रतिशत कार्य क्षमता बृद्धि भएकोर साथै आरामदायी, सहज अत्याधुनिक सुविधा सहितको क्याबिनको सुविधा थप गरिएकोप्रमुख गिरी बताउनु हुन्छ ।
एम.ए.डब्ल्यू अर्थमुभर्स ले बजारमा आफ्ना उत्पादनहरुमा “अझै बढी अपेक्षा” पुरा गर्ने बाचा गरेको छ । यसले विशेषगरी इन्फाइस्टक्चर बिकासका लागि, नेटवर्क विस्तारका लागि र मानव संसाधनमा देशका विभिन्न २८ स्थानबाट आफ्ना ग्राहकहरुलाई सेवा विस्तार गर्दै, बिक्रि, वितरण का साथ सेवा प्रदान गर्दे आएको छ ।
यसले आर्थिक कारोबारका क्षेत्रमा ६ वटा बैंक तथा विक्तिय संस्थाहरु संग सहकार्य गरेको छ भने लगानीको क्षेत्रमा यसको आफ्नै कम्पनी रहेकोछ ।
एम.ए.डब्ल्यूले निर्माण उद्योगको क्षेत्रमा विभिन्न किसिमका उत्पादनहरु बजारमा ल्याएको छ जस्मा ब्याकहो लोर्डस्, विह्यल्ड लोडर्स्, एक्साभेटरस्, मिनी एक्साभेटरस्, स्कीड स्टीर लोर्डस्, टेलि ह्यान्डर्लस्, कम्पयाक्टरस्, जेनसेट्स् रहेको प्रमुख गिरी उल्लेख गर्नु हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस