अर्थ संसार, काठमाडौं– ग्राहक वर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बीमा योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ६२ औं शाखा दोलखा, चरिकोटमा संचालन गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेल, प्रमुख बजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र नं. २ प्रदेश सभाका सांसद पशुपति चौलागाईंद्वारा संयुक्तरुपमा उक्त नयाँ शाखाको समुद्घाटन भएको थियो ।
दोलखाका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको हो ।
२०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमा नेपाली लाइफइन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिती सशक्त बनाउन सफल भएको छ ।
नेपालभर फैलिएको सिटिजन लाईफ इन्स्योरेन्सको ६२ वटा कार्यालयहरुमा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।
नेपालीहरुको आवश्यकता र जोखिमलाई न्यूनगर्नको निमित्त विभिन्न आकर्षक जीवन बीमा योजनाहरु उपभोक्ताहरु माझल्याउन सदैव तत्पर सिटिजन लाइफयस आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमा शुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशत भन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा रु.२४५ करोडको लगानी गर्न सफल भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस