Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आगलागी पिडित कालीकोटका बिद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग

बुधबार, २७ चैत्र २०७५, ११ : ०३ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आगलागी पिडित कालीकोटका बिद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग

अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कालीकोटका खाँडागाउँमा ८७ घर जलेर नष्ट भएका पिडित परिवारका लागि सामाजिक   उत्तरदायित्व वहन गर्ने उद्देश्यले पिडित परिवारका विद्यालयमा पढ्ने बालबालिकाहरुका लागि २ जनालाई जनही रु.५०,०००।÷ का दरले छात्रवृत्ती प्रदान गरेको छ ।

यस हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृति संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई बालबालीकाहरुको छात्रवृत्तिको लागि रु. १ लाखको चेक हस्तान्तरण गर्नु भयो । यसबाट कालीकोट जिल्लाका खाडा गाउँका आगलागी पिडित परिवाहरुलाई केही राहत पुग्नेछ ।

यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८४ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको