Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी हाइड्रो र सान्जेन जलविद्युत् कम्पनीको आइपिओ बाँडफाँड आज, सवैको हातमा शेयर

विहीबार, १९ बैशाख २०७६, ०८ : २१ मा प्रकाशित

रसुवागढी हाइड्रो र सान्जेन जलविद्युत् कम्पनीको आइपिओ बाँडफाँड आज, सवैको हातमा शेयर

अर्थ संसार, काठमाडौं – सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओ आज (बिहीबार) बाँडफाँट हुँदैछ ।

दिउँसो ३ बजो ऊर्जा मन्त्रालयको सभा हलमा आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

एकै दिन वैशाख ६ गतेदेखि विक्री खुला गरेका सान्जेन र रसुवागढीको आईपीओमा मागभन्दा बढी नै आवेदन परेको छ । सान्जेनको शेयर विक्री प्रबन्धकको जिम्मेवारी लिएको नागरिक लगानी कोषका अनुसार कम्पनीको आईपीओमा सर्वसाधारणले २ दशमलव ८३ गुणा बढी आवेदन दिएका थियो ।

३ लाख ४ हजार आवेदकबाट १ करोड ४१ लाख कित्ताका लागि आवेदन परेको प्रवक्ता उद्धव सिलवालले जानकारी दिएका छन् । सान्जेनले सर्वसाधारणका लागि ४९ लाख ८२ हजार २५० कित्ता शेयर विक्री गरेको हो ।

प्राप्त आवेदन सबै सदर भएमा कम्पनीको आईपीओ न्यूनतम १० कित्ता सबैले आवेदकले र बढी पाउनेले २० कित्तासम्म पाउने देखिन्छ । त्यस्तै रसुवागढी जलविद्युत् कम्पनीको आईपीओमा १ दशमलव ८३ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार  ३ लाख २ हजार ५३२ जनाले १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताका लागि आवेदन दिएका छन् । रसुवागढीले सर्वसाधारणका लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर विक्री गरेको हो । आवेदनको आधारमा कम्पनीको आईपीओ सबै आवेदकले ३० कित्ताका दरले प्राप्त गर्नेछन् भने बढी पाउनेले ४० कित्तासम्म पाउनेछन् ।

रसुवागढी र सान्जेनको आयोजना पनि जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सामेल भएका छन् ।लामो समयदेखि थलिएको पूँजीबजार नयाँ वर्ष लागेसँगै केही सुधारिएको छ ।

सअघि दोस्रो बजार घट्नुका धेरै कारणमध्ये प्राथमिक बजारमा शेयर जारी हुँदालाई पनि लिने गरिन्थ्यो । तर यतिबेला एकैपटक धेरै कम्पनीको उल्लेख्य कित्ता शेयर निष्कासनमा हुँदा पनि दोस्रो बजारमा कारोबार बढेको अवस्था छ ।

सी–आस्बा प्रणालीमार्फत आवेदन संकलन गर्न शुरू भएदेखि छोटो अवधिमा बाँडफाँट हुँदै आएका प्राथमिक बजारका शेयरमा सर्वसाधारणको आकर्षण बढी देखिएको छ । पछिल्लो समय दोस्रो बजारमा जलविद्युत् क्षेत्रका धेरैजसो कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरेकाले पनि केही कम्पनीको शेयर विक्री हुन समस्या भएको थियो ।

दोस्रो बजार सुधारको क्रममा रहेकाले पछिल्लो समय जलविद्युत्तर्फका कम्पनीको शेयरमा पनि पूर्ण आवेदन पर्न थालेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको