Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाईनान्सको नाफामा बृद्धि

विहीबार, १९ बैशाख २०७६, १५ : ४४ मा प्रकाशित

गोर्खाज फाईनान्सको नाफामा बृद्धि

अर्थ संसार, काठमाडौं– वित्तिय क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गोर्खाज फाईनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। फाइनान्सले गत वर्षको यहि अवधिको तुलनामा यो ५ करोड ८४ लाख रुपैयाँले बढी हो।

फाइनान्सको खुद नाफा बढेपनि खराब कर्जा ८ करोड ८ लाख रुपैयाँ उठाएपछि फाइनान्सको खुद मुनाफामा उल्लेख्य रुपमा बढोत्तरी भएको हो। फाइनान्सको आम्दानीका सूचकहरु खासै सुधारात्मक देखिँदैनन्।

यस अवधिमा फाइनान्स १२ लाख ३९ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा छ।

चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३५ करोड २० लाख रुपैयाँ सञ्चित छ।
तेस्रो त्रैमाससम्ममा ५ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले १५ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब १५ करोड ८६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

फाइनान्सको खुद ब्याज आम्दानी एक करोड ७३ लाख रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सले यस अवधिमा ११ करोड ६२ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको हो ।

चैत मसान्तसम्ममा फाइनान्सले ५५ करोड ८ लाख रुपैयाँ व्याज आम्दानी गरेर ४३ करोड ४६ लाख रुपैयाँ व्याज बापत खर्च गरेको छ । यष्सबाट ११ करोड ६२ लाख मात्र खुद ब्याज आम्दानी गरेको छ ।

फाइनान्समाको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात ११.३७ गुणा र निष्कृय कर्जा अनुपात ४.८९ प्रतिशत छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको