अर्थ संसार, काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बिशेष साधारण सभा बुधबार सम्पन्न भयो ।
साधारणसभाले १०ः२ को अनुपातमा अर्थात १० कित्ता शेयर बराबर २ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने लगायतको एजेण्डा पारित गरेको छ ।
आ.ब. २०७४/०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूंजी पूरा गर्ने योजना रहेपनि एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस शेयर जारी गर्ने नसकिने अबस्था आएकोले सोको बिकल्पमा हकप्रद शेयर जारी गर्न प्रस्ताव गरिएको व्यहोरा अध्यक्ष मनोहर दास मूलले सभालाई जानकारी गराउनु भयो ।
सभाले कम्पनीको हालको अधिकृत पूंजी, जारी पूंजी तथा चुक्ता पूंजी बृद्धि गर्ने र हालको चुक्ता पूंजी रु. ८८ करोडको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस