अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सोही अवधिमा गत बर्ष ।
कम्पनीले आजप्रकाशित गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार चैत्र मसान्त सम्ममाविद्युत बिक्रीबाट रु १५.३४ करोड तथाअन्य आम्दानीबाट रु १९.६७लाखगरि कुल रु १५.५४ करोड आम्दानी गरेको छ ।
कम्पनीको खुदमुनाफा अघिल्लो आ.व को सोहि त्रैमासको तुलनामा ९२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी रु ८.१९ र प्रति शेयर नेट वर्थ १०६.४४ रहेको छ ।
८.५ मे.वाक्षमताको नौगड गाढ आयोजना संचालन गरिरहेको कम्पनीले छिटै अर्काे ८ मे.वाप्रशारण लाईनमा जडान गर्न गईरहेको छ । साथै कम्पनीले ४० मे.वाक्षमताको माथिल्लो चमेलियालाई निर्माणमा लान आवश्यक कार्य गरिहरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस