Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको मिलनचोक र चितवन शाखाको औपचारिक उद्घाटन

अर्थ संसार

मंगलबार, २१ जेठ २०७६, १० : ३८ मा प्रकाशित

गरिमा विकास बैंकको मिलनचोक र चितवन शाखाको  औपचारिक उद्घाटन

अर्थ संसार, काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले आइतबार गते आईतबार भरतपुर नगरपालिका वार्ड नं. २६ मा स्थापित मिलनचोक शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।

  उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका वार्ड नं. २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालज्यूले संयुक्तरुपमा गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष  चन्द्रकान्त बरालज्यूले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुदैं गईरहेको चितवनमा यस विकास बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकहरुबाट समेतसकारात्मक सहयोग प्राप्त भएको कारणबाट यस क्षेत्रमा थप शाखाहरु खोल्न सदैव उत्प्रेरित भैरहेको बताउनुभयो ।

त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृतश्री गोविन्द प्रसाद ढकालज्यूले विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाहमासदैव प्रतिबद्ध रहेकोे जानकारी दिनुभयो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५स्थानमा शाखाकार्यालय स्थापना गर्दैछ ।

विकास बैंकले आर्थिक बर्ष २०७५\७६ को तेश्रो त्रैमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।                             

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको