Like us!
Follow us!
Connect us!
Watch us!
प्रतिकिलो ८५ रुपैयाँदेखि ९५ रुपैयाँसम्म

बजारमा चिनीको कालो बजारी, सरकार मुकदर्शक

विहीबार, २७ माघ २०७३, ११ : १० मा प्रकाशित

बजारमा चिनीको कालो बजारी, सरकार मुकदर्शक

अर्थ संसार
काठमाडौं– सरकारको लापरवाही र नीतिगत निर्णय क्षमताको अभावले बजारमा चिनीको कालोबजारी शुरु भएको छ । दशैं तिहारताका प्रतिकेजी ७० रुपैयाँमा पाइने चिनीको मूल्य अहिले ८५ देखि ९५ रुपैयाँ पुगेको छ ।

आम उपभोक्ताको दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको चिनीको मूल्य अधिक हुँदा सर्बसाधारणमा मारमा परेका छन् । सरकारले चिनीको मूल्यमा कार्टेलिङ हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत आपूर्ति व्यवस्थापन गर्दै आएको छ ।

अहिले साल्ट ट्रेडिङमा चिनीको मौज्दात सकिन लागेको बजार हल्ला आएपछि नीको मूल्य एक्कासी बढ्न थालेको हो । तराईका १३ चिनी उद्योगहरुले कृषकहरुसँग उधारोमा उखु खरिद गर्ने, भुक्तानी नदिने र सरकारले तोकेको मूल्य दिएर समयमा उखु खरिद गर्ने गरेका छैनन् । यसले गर्दा चिनीको उत्पादन बढ्न सकेको छैन ।

उनीहरुले भारतबाट चोरी छिपी चिनी तस्कर गरी आयात गरेर आफनो उद्योगको लेवलिङ गरेर बेच्ने गरेको राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जन दावी गर्छन् ।

मञ्चले चिनीमा कालो बजारी भइरहेको भन्दै राज्य मुक दर्शक बनेको आरोप लगाएको छ । ‘चिनी उद्योगले भारतीय चिनीको लेबलिङ गरेर राज्यलाई राजस्वबाट बन्चित गराउने काम गरी कृषकवर्ग र राज्यलाई ठग्ने, झुक्याउने काम गर्दै आएको सर्वत्र गुनासो रहेको अवस्थामा समेत सरकार चूप लागेर बसेको छ,’ मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बजारमा अभाव हुंदासमेत साल्ट ट्रेडिंगलाई चिनी खरिदको आदेश नदिएकाले सरकारको नियतमै शंका गर्नुपर्ने अवस्था आएको छ ।’

 मन्चले मंसिर महिनामै सरकार, प्रधान मन्त्री कार्यालय, आपूर्ति मन्त्रालय समेतलाई यस बर्षको चिनीको अभाव सिर्जना हुन सक्ने कुरातर्फ लिखित रुपमा ध्यानाकर्षण गराएको स्मरण गर्दै चिनीको कालोबजारी गर्ने ठूला व्यापारी र ठगी गर्ने चिनी उद्योगीहरुलाई छानविन गरी कारवाहीको दायरामा ल्याउन सरकारसँग मांग गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको