अर्थ संसार, काठमाडौं– माछापुछ्रे बैंक लिमिटेडले  काठमाण्डौँको धुम्बाराहि स्थित ह्याम्स अस्पताल र सुमेरूग्रुप अन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पतालसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई उपचारमा छुट प्रदान गरिनेछ ।
 माछापुछ्रे बैंक काग्राहकहरूले सुमेरू अस्पताल तथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदानगर्ने विभिन्न सेवाहरुमा १०% सम्मको छुट प्राप्त गर्ने छन् । उक्त छुट माछापुछ्रे बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंवग्राहक कार्ड लिएका ग्राहक महानुभावहरुतथा बैंकका कर्मचारीरुहरुले प्राप्त गर्ने छन् ।
बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न अस्पताल तथा संघ संस्थाहरुसंग विभिन्न प्रकारका सेवाउपभोगमा छुट प्रदानगर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै आएको छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १३१ वटा शाखाहरु लगायत ११२ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा २४३ स्थानवाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवाप्रदान गरिरहेको छ ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस