Like us!
Follow us!
Connect us!
Watch us!

ह्वावेको ६ महिनाको आय सार्वजनिकः अघिल्लो वर्षको तुलनामा २३.२ प्रतिशतले वृद्धि

अर्थ संसार

विहीबार, १६ साउन २०७६, १७ : ५४ मा प्रकाशित

ह्वावेको ६ महिनाको आय सार्वजनिकः अघिल्लो वर्षको तुलनामा २३.२ प्रतिशतले वृद्धि

ह्वावेका अध्यक्ष लियाङ हुआ

अर्थ संसार, काठमाडौं–   ह्वावेले सन् २०१९ को पहिलो ६ महिनाको आफ्नो व्यापार आय सार्वजनिक गरेको छ । घोषितआय ४.०१ खर्ब चिनियाँ युआन रहेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा२३.२ प्रतिशतले वृद्धि हो । सन् २०१९ को पहिलो ६ महिनाको अवधि मा ह्वावेको खुदनाफा ८.७ प्रतिशत रह्यो ।

ह्वावेका अध्यक्ष लियाङ हुआका अनुसार कम्पनीको संचालन सहज रूपमा र सदाजस्तै निकै राम्रो चलिरहेको छ । प्रभावकारी व्यवस्थापन र सबै आर्थिक सूचकांकहरूमा सर्वोत्कृष्ट प्रदर्शनका कारण सन् २०१९ को पहिलो ६ महिनामा ह्वावेको व्यापार निकै मजबुत रहेको छ ।

 उत्पादनमा निरन्तर वृद्धि र वायरलेस नेटवर्कहरू, अप्टिकल ट्रान्समिसन, डेटा कम्युनिकेशन्स, आईटी र डोमेनसँग सम्बन्धीउत्पादनहरूको सिपमेन्ट जस्ता कारणहरूले गर्दा ह्वावेको क्यारियर बिजनेस तर्फ बिक्रीबाट आर्जित आय१.४६ खर्बचिनियाँ युआन पुग्यो। हल सम्म ह्वावेले ५० वटा व्यवसायिक फाइभजी अनुबन्धहरू प्राप्तगर्न सफल भइसकेको छ भने विश्वभर १ लाख ५० हजार भन्दा बढी बेस स्टेशनहरू रहेका छन् ।

ह्वावेको इन्टरप्राइज बिजनेसतर्फ सन् २०१९ को पहिलो ६ महिनामा बिक्रीबाट आर्जित आय३१.६ अर्र्ब चिनियाँयुआन रह्यो । ह्वावेले क्लाउड, आर्टि्भिसल इन्टेलिजन्स, क्याम्पस नेटवर्कहरू, डेटा सेन्टरहरू, इन्टरनेट अफथिङ्स र इन्टेलिजन्ट कम्प्युटिङजस्ता विभिन्न डोमेनहरूमा आफ्नो आईसीटी पोर्टफोलियोलाई ह्वावेले निरन्तर रूपमा सुदृढ तुल्याई रहेको छ । सरकारी तथा युटिलिटी उपभोक्ताहरूकामाझतथा अर्थ, ढुवानी, उर्जा र अटोमोबाइल जस्ता व्यवसायिक क्षेत्रहरूमा पनि विश्वासिलो वितरकका रूपमाह्वावे रहेको छ ।

ह्वावेको कन्ज्युमर बिजनेसतर्फ सन् २०१९ को पहिलो ६ महिनामा बिक्रीबाट आर्जित आय२.२० खर्बचिनियाँयुआनपुग्न सफलभयो । ह्वावेको स्मार्टफोनहरूतर्फको (हनर फोनहरूसहित) सिपमेन्ट संख्या११.८ करोड वटा पुग्न सफलभयो जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले वृद्धि भएको हो ।

ह्वावेको ट्याब्लेटहरू, पीसी कम्प्युटरहरू तथा वेयरेबलहरूको सिपमेन्टतर्फ पनि उत्साहजनक वृद्भि भयो । हालसम्म ह्वावेको मोबाइल सर्भिस इकोस्टिमको ८ लाखभन्दा बढी पनिदर्ता गरिएका डेभेलपरहरू र विश्वभर पचास करोडप्रयोगकर्ताहरू रहेका छन्।

मे महिनाभर आम्दानीतीव्र गतिमा बढ्यो ।”लियाङ बताउँछन। “अमेरिकी सरकारले ह्वावेलाई देशको राष्ट्रिय सुरक्षाकालागिजोखिमयुक्तभएको भन्दै ‘इन्टटी लिस्ट’मा सूचीकृत गरेपनिवर्षको पहिलो ६ महिनामाहामीले जुनआधार तयार पार्यौँ  त्यसले गर्दा बिक्रीमाहामीले निरन्तर वृद्धि देख्यौँ। यसको अर्थ भनेको हाम्रो अगाडि कठिनाइहरू नभएकाहोइनन् । हामी गर्छौँ र अल्पकालकालागियसले हाम्रो वृद्धिको गतिमाप्रभावपार्न सक्छ ।”

उनी थप्छन्–“तर हामी आफ्नो गतिमा कायम रहनेछौँ । हाम्रीभविष्यप्रति पूर्ण आशावादी छौँ र पूर्वयोजना अनुरूप नै हामी लगानीलाई निरन्तरता दिनेछौँ र यस वर्ष रिसर्च र डिभेलपमेन्टमा कुल१ .२ खर्ब चिनियाँयुआन लगानी गर्दछौँ । हामी विभिन्न चुनौतीहरू लाई पार गर्नेछौँ र हाम्रो पूर्ण विश्वास छ कि ह्वावे विकासको नयाँ चरणमा प्रवेश गर्नेछ।”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको