Like us!
Follow us!
Connect us!
Watch us!

नाडा अटो शो : अर्थनग्न बनाएर श्रमलाई सम्मान कि सुन्दरताको ब्यापार ? यो त मानव अधिकारको हनन् होइन ?

अर्थ संसार

शनिबार, १४ भदौ २०७६, २१ : ०४ मा प्रकाशित

नाडा अटो शो : अर्थनग्न बनाएर श्रमलाई सम्मान कि सुन्दरताको ब्यापार ?  यो त मानव अधिकारको हनन् होइन ?

राधा पोखरेल

हाम्रो देशका कतिपय मानिसहरु श्रमको सम्मानमा होइन, नारीको शारीरिक सुन्दरताको विज्ञापनमा लागिरहेका छन् । यस संसारमा सबभन्दा सुन्दर वस्तु भनेकै श्रम हो । श्रमको सौन्दर्यता अनुपम हुन्छ । अझ त्यसमा श्रम र शारीरिक सौन्दर्य घुलन भयो भने अतुलनीय हुन्छ ।

तपाईहरुको पेसाको परिचर्चा हुनु राम्रो हो । खुसी छु म पनि ।तर रंगिचंगी अर्धनग्न वनाएर श्रमलाई सम्मान गरेको हो कि शारीरिक सुन्दरताको ब्यापार ?

यो चर्चा केका लागि ? सम्मानको लागि या विज्ञापनको लागि ? तपाईहरुलाई चर्चामा ल्याउनेहरूको नियत पनि सायद राम्रै थियो होला । कसैको नियतमाथि शंका नगरौं । तर परिणाम कस्तो आइरहेको छ ? दुनियाँले बुझ्ने परिणाम हो, नियत होइन । परिणामले तपाइहरुको सुन्दरताको ब्यापार भएकै कुराको पुष्टि गर्छ । तै पनि यो बुज्रुक समाज किन बोल्दैन ? कसैको सुन्दरताको ब्यापार गर्नु उसको मानवअधिकारको हनन होइन ? खोई कहाँ गए हाम्रो देशका मानवअधिकारवादीहरू ?

बहिनी ! के यो तपाईहरुप्रतिको न्याय हो ? तपाइहरुको श्रमलाई गरेको सम्मान हो ? कि तपाईहरु माथि हुन थालेको शोषणको सुरूवात ? नारी हुनु र राम्री हुनु अपराध हो ?

 

5d6a9730bff0a.jpg 5d6a973646235.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको