Like us!
Follow us!
Connect us!
Watch us!

कोटेश्वरमा खुल्यो ब्युटि स्टेशन, सौन्दर्य सेवाका साथै सीप सिकाउने

शनिबार, २८ भदौ २०७६, १० : ०३ मा प्रकाशित

कोटेश्वरमा खुल्यो ब्युटि स्टेशन, सौन्दर्य सेवाका साथै सीप सिकाउने

अर्थ संसार, काठमाडौं-सौन्दर्य ब्यवसायमा संलग्न दुई युवा ब्यवसायीले राजधानीको कोटेश्वरस्थित सेती ओपी मार्गमा रिगल ब्युटी स्टेशन संचालनमा ल्याएका छन् ।

उक्त ब्युटी स्टेशनको नेपाल महिला संघकी केन्द्रिय सदस्य  भद्रा भण्डारीले उद्घाटन गरिन् । रिगलले महिलाहरुको सौन्दर्यसम्बन्धी सबै समस्या समाधान गर्ने छ । यसले सौन्दर्य कला र कपाल कलासम्बन्धी कक्षासमेत संचालन गर्ने संचालक बबिता मानन्धर कायस्थले जानकारी दिइन् ।

 हामी यहाँ आउने महिलाको सौन्दर्यसम्बन्धी सबै सेवा उपलब्ध गराउने छौ, उनले भनिन्, विवाहका लागि महिलाहरुलाई चाहिने सृंगार सम्पूर्ण रुपमा गर्ने छौं ।

रिगल ब्युटी स्टेशनको संचालन यस्थ र एलिजा ठकुरी मिलेर गरेका हुन् । बजारमा सौन्दर्यसम्बन्धी सेवा दिने राम्रो र उपयुक्त स्थानको अभावलाई परिपूर्ती गरी उत्कृट सेवा दिने उद्देश्य राखेर ब्युटी स्टेशन संचालन गरिएको अर्की संचालक ठकुरीले बताइन् । 

सौन्दर्य कला र कपालको कला सिकेर आत्मनिर्भर बन्न चाहने महिलालाई सिप सिकाएर रोजगारीको अबसर उपलब्ध गराउने ठकुरीले बताइन् ।

 

 

5d7c6b2466bb2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको