Like us!
Follow us!
Connect us!
Watch us!

असोज ९ गतेदेखि भृकुटीमण्डपमा फेस्टिवल मार्केट आयोजना हुने

अर्थ संसार

सोमबार, ०६ असोज २०७६, १८ : २२ मा प्रकाशित

असोज ९ गतेदेखि भृकुटीमण्डपमा फेस्टिवल मार्केट आयोजना हुने

अर्थ संसार, काठमाडौं दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट संचालन हुने भएको छ ।

चाड पर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउनइभेण्ट सोलुसन प्रलिले फेस्टिवल मार्केट सञ्चालन गर्ने भएको हो ।

‘अफरै अफरको ब्यापारिक भेला,शपिगं गर्ने यहिहो बेला’भन्ने नाराका साथ सञ्चालन हुने फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथाउत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने आयोजक संस्थाइभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताए ।

फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहनेछ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजार भन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको बिएफ डियर हिलका प्रबन्धनिर्देशक होमनाथ उपाध्यायले बताए ।

रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार जुत्ता मेलाफूलपातीसम्म निरन्तर चल्नेछ । अलग्गै डूममा सञ्चालन हुने जुक्ता मेलामा स्पोर्टस, क्याजुअल तथा पार्टी सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराइने बताइएको छ ।

राजधानीका बासिन्दातथा चाडपर्व मनाउन उपत्यका बाहिर जाने व्यक्तिहरुलाई लक्षितगर्दै एकै ठाउँमा सहज रुपमा आवश्यक सामाग्री खरिद गर्न पाउने अवसर प्रदान गर्न फेस्टिवल शपिगं मार्केट संचालन गरिएको इभेन्ट सोलुसनप्रलिका अध्यक्ष सुनिल भण्डारीले बताए ।

एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफकमर्शले गर्नेछ । त्यस्तै ललिपुर चेम्बर अफकर्मश र भक्तपुर चेम्बर अफकमर्शले पनि एक्स्पोको प्रवद्धन गर्नेछन् ।असोज ९ गतेदेखि संचालनहुने फेस्टिवल सपिंग मार्केटअ सोज १३ गतेसम्म संचालन हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको