Like us!
Follow us!
Connect us!
Watch us!

रन सुजको दशै तिहार लक्षित अफर

बुधबार, ०८ असोज २०७६, १८ : ५६ मा प्रकाशित

रन सुजको दशै तिहार लक्षित अफर

अर्थ संसार, काठमाडौं– फुटवेयर क्षेत्रमा स्थापित ब्राण्ड रन सुजले दशै तिहार लक्षित उपहार योजना साँवा भन्दा ब्याज ठुलो रिलोडेड सार्वजनिक गरेको छ ।

जस अन्र्तगत प्रत्येक जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन मार्फत स्क्र्याच गरी आफुले बोक्नसक्ने जति पैसा र रु. २ लाख सम्म प्राप्त गर्न सकिने छ । कम्पनीका अनुसार यस योजनामा ७ वटै प्रदेशवाट ७ जनालाई आफुले बोक्न सकेजति रुपैया र स्क्र्याच कार्ड मार्फत २ लाख सम्म नगद प्राप्त गर्न सकिने छ ।

स्वदेशी जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन तथा आगामी दिनमा अझ उच्च प्रविधिको प्रयोग गरी जुत्ता तथा चप्पल उत्पादन गर्नुका साथै उपभोक्ताको चाहना र बजारको आवश्यकता अनुसार फेसन, भेराइटी तथा गुणस्तरियतामा रन सुजले विशेष जोड दिएको छ ।

रन सुज इण्डष्ट्रिज प्रा.लि. को उत्पादन रन सुजले जुत्ता तथा चप्पलहरुका नयाँ मोडलहरु करिब २५० मोडल समेत सार्वजनिक गरेको छ । नयाँ सार्वजनिक गरिएका मोडलहरुमा स्पोर्टस सुज, क्याजुयल सुज, पार्टी सुज स्कुल कलेज सुज तथा लेडिज र जेन्ट्सका चप्पलहरु रहेका छन् । रनका नयाँ मोडलका जुत्ताहरु अत्यन्तै आरामदायी र लचकदार हुनुका साथै सुपथ मुल्यमा बजारमा उपलब्ध छन् । रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत रहेकोे छ । यो योजना सिमित अवधि सम्मका लागि लागु गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको