Like us!
Follow us!
Connect us!
Watch us!

पिज्जा वल्र्डको तेस्रो आउट लेट पेप्सीकोलामा, २५ प्रतिशतसम्म ओपनिङ डिस्काउन्ट

अर्थ संसार

विहीबार, ०९ असोज २०७६, १८ : ११ मा प्रकाशित

पिज्जा वल्र्डको तेस्रो आउट लेट पेप्सीकोलामा, २५ प्रतिशतसम्म ओपनिङ डिस्काउन्ट


अर्थ संसार, काठमाडौं– काठमाडौंको बौद्धबाट सुरु भएको पिज्जा वल्र्ड नेपालले आफ्नो स्थापनाको तीनबर्षको अवधिमा तेस्रो शाखा संचालनमा ल्याएको छ । झण्डै दुई बर्ष अगाडि ललितपुरको कुमारी पार्टीमा दोस्रो शाखा विस्तार गरेको पिज्जा वल्र्डले पेप्सीकोला फुटबल ग्राउण्डमा तेस्रो शाखा खोलेको हो। 

पेप्सीकोला शाखाको बिहिबार कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका हुन् । करिब एक करोडको लगानीमा पिज्जावल्र्डको उक्त शाखा विस्तार गरिएकोहो । स्थापना भएको छोटो अवधिमा नै ग्राहकको राम्रो रेस्पोन्स पाएकाले पिज्जाका पारखीहरूको मागलाई ध्यानमा राख्दै शाखा विस्तार गरिएको पिज्जा वल्र्डले जनाएको छ ।

सेवा र स्वादमा उत्कृष्टता ल्याउन आफूहरुले मेहनत गरेको र ग्राहकहरुले त्यसलाई रुचाउँदा छोटो समयभित्रै चेन खोल्न सफलभएको संचालक उद्धव खड्का बताउँछन् । 

बर्षौदेखि स्वदेश तथा विदेशमा पिज्जा रेष्टुरेन्टमा काम गरेका दक्षयुवाहरूबाट सञ्चालित यो पिज्जा वल्र्ड नेपालकै सस्तो पिज्जा रेष्टुरेन्ट पनि हो । जहाँ नेपालकै सबै भन्दा ठूलो साइजको पिज्जा पाइने गरेको छ । ‘पिज्जा वल्र्ड’ माचार किसिमका क्रस्टमा ५० प्रकारका पिज्जा उपलब्ध रहेको अर्का संचालक खड्का बताउँछन् ।

‘पिज्जावल्र्ड’ मामु ख्यगरी प्यान पिज्जा, शसेज वाइट्स पिज्जा, चिजलोडेड पिज्जासहित पास्ता लगायतका स्वादिष्ट्र खानेकुरा उपलब्ध छन् ।निम्न, मध्यम र सबै खाले बर्गलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको यो पिज्जावल्र्ड सस्तो मात्र छैन उतिकै गुणस्तरीय पनि रहेको सञ्चालकको दाबी छ । विभिन्न फ्लेभर र साइजमा पाइने पिज्जाको मूल्य १ सय ८० रुपैयाँदेखि एक हजार ८ सय  रुपैयाँसम्म पर्छ।

शान्त पारिवारिक वातावरण र फ्रेन्डली सेवादिंदै आएको पिज्जा वल्र्डले आफ्ना ग्राहकहरुका लागि निशुल्क होम डेलिभरीको सुविधा समेत दिंदै आएको छ । साथै पिज्जा वल्र्डले विशेष अवसरहरु बर्थ डे, एनिभर्रसरी लगायतमाफ्रि सेलिब्रेशन समेत दिने गरेको छ । पिज्जा वल्र्डमा कसैले जन्म दिन मनाउन चाहेमाआफूहरुले नै त्यसको व्यवस्थापन गर्ने र सबैको अगाडि विशेष समारोह गरेर सेलिब्रेट गर्ने गरेको संचालकहरु बताउँछन् ।

रेष्टुरेन्टविहान १० बजेदेखि राति ९ बजेसम्म खुला रहने छ । नयाँशाखा संचालनको अवसरमा पिज्जावल्र्डले २५ प्रतिशतसम्म छुट समेत प्रदान गरेको छ । साथै, दशैं तिहारको टिकाको दिनमाबाहेक अन्य सबै दिनपिज्जावल्र्ड संचालनमा रहने संचालकले जानकारी दिए। घरमै मगाएर पिज्जाखानको लागि पिज्जा वल्र्डको फेसबुक वाफोनमा सम्पर्क गरेर अर्ड र समेत दिन सकिनेछ । 
बौद्ध , कुमारी पार्टी र पेप्सी कोलामा गरी ५२ जनायुवाहरुले प्रत्यक्ष रोजगारी पाएकाछन् । नयाँखुलेको पेप्सीकोला शाखामा १६ जनाले रोजगारी पाएका छन् । 

5d8caeb52f6eb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको