Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइक लबम्पर उपहार

अर्थ संसार

विहीबार, ०९ असोज २०७६, १८ : १६ मा प्रकाशित

भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइक लबम्पर उपहार

अर्थ संसार, काठमाडौं– दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षितगर्दै राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट सुरु भएको छ । पुर्व प्रधानन्यायाधीस शुशीला कार्कीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गर्नु भएको हो । 

मेला उद्घाटन गर्दै पुर्व प्रधानन्यायाधीस कार्कीले नेपालीउत्पादनको प्रवद्र्धनमा समय समयमा आयोजना हुने मेला तथा प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । मेला अवलोकन गर्दै कार्कीले व्यापार व्यवसायमा महिलाको सहभागिता व्यापक बन्दै गएकाले सरकारी जागिरको मुखता क्नु पर्ने अवस्थामा न्युनीकरण हुने अपेक्षा व्यक्त गर्नु भयो । वहाँले नेपालीउत्पादनको प्रयोग गर्न आमनागरिकलाई आग्रहगर्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सबैलाई आग्रह समेत गर्नु भयो ।

‘अफरै अफरको ब्यापारिक भेला,शपिगं गर्ने यहिहो बेला’भन्ने नाराका साथसुरु भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथाउत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् । 

चाड पर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रलिले फेस्टिवल मार्केट सुरु गरेको हो । फेस्टिवल मार्केट अवलोकन गर्न आउने तथा सामान किन्नेहरुलाई उपहार प्रदान गरिनेछ । दैनिक रुपमा आकर्षक उपहार बितरण गरिनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिनेछ । 

राजधानीका बासिन्दा तथा चाडपर्व मनाउन उपत्यकाबाहिर जाने व्यक्तिहरुलाई लक्षितगर्दै एकै ठाउँमा सहज रुपमाआवश्यक सामाग्रीखरिद गर्न पाउने अवसर प्रदानगर्न फेस्टिवल शपिगं मार्केट संचालन गरिएको इभेन्ट सोलुसन प्रलिकाअध्यक्ष सुनिल भण्डारीले बताए । 

फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पलउद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ । 
एक्सपोको प्रवद्र्धन काठमाण्डौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य र भक्तपुर उद्योग वाणिज्य संघले एक्स्पोको प्रवद्धन गरेका छन् । असोज ९ गतेदेखि संचालन हुने फेस्टिवल सपिंगमार्केट असोज १३ गतेसम्म संचालन हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको