Like us!
Follow us!
Connect us!
Watch us!

चालक अनुमतिपत्र छपाइका लागि ४ लाख कार्ड आइपुग्यो

अर्थ संसार

विहीबार, ०९ असोज २०७६, २० : २१ मा प्रकाशित

चालक अनुमतिपत्र छपाइका लागि ४ लाख कार्ड आइपुग्यो

अर्थ संसार, काठमाडौं- ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड आइपुगेको हो ।

‘ग्लोबल टेण्डर’ मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विभागमा कार्ड थोरै मात्रै बाँकी रहेकाले र अहिले ठूलो क्षमताको उपकरण ९मास प्रिन्टर० को परीक्षण भइरहेकाले अहिलेसम्म थोरै सङ्ख्यामा छपाइ हुँदै आएको विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो । दश लाख कार्ड खरीद प्रक्रिया अघि बढाइएकामा केही समयभित्रै बाँकी छ लाख कार्ड आइपुग्नेछ । उहाँले भन्नुभयो, “कार्ड पर्याप्त भएपछि नियमित र क्षमतानुसार छपाइ हुनेछ ।”

 ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा ५०० कार्ड छपाइ गर्ने रहेको छ । यसले पूर्णरूपमा काम गर्न थालेसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ समाधान हुने प्रवक्ता खनालले बताउनुभयो । चालक अनुमतित्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाइसकेका छैनन् ।
 
 सरकारले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । अहिलेसम्म  विभागमा रहेको मुद्रणयन्त्र ९छपाइ मेशिन० को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका थिएनन् ।
–––

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको