Like us!
Follow us!
Connect us!
Watch us!

७३ हजारले अवलोकन गरे फेस्टिवल मार्केट, सुन्दर महर्जनले पाएबजाजको मोटरसाइकल

मंगलबार, १४ असोज २०७६, १७ : ३६ मा प्रकाशित

७३ हजारले अवलोकन गरे फेस्टिवल मार्केट, सुन्दर महर्जनले पाएबजाजको मोटरसाइकल

अर्थ संसार, काठमाडौं– दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षितगर्दै राजधानीको भृकुटीण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिवल शपिगं मार्केट समापन भएको छ ।

पाँचदिन सम्म चलेको फेस्टिवल मार्केटमा सहभागि ७३ हजार अवलोकनकर्ता मध्ये सुन्दर महर्जनले बजाजको डिसकभर मोटरसाइकल जितेका छन् ।

दशैं मेला समापनको दिनमा भएको गोलाप्रथाबाट शमिर्ला सप्लायर्सका सुन्दर महर्जनले बजाजको डिसकभर बाइक जितेका हुन् ।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालित फेस्टिवल शपिगं मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथाउत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु राखिएका थिए ।

आयोजकले फेस्टिवल मार्केट अवलोकन गर्न पुगेका तथा सामान किन्नेहरुलाई दैनिक रुपमा आकर्षक उपहार बितरण गरेको थियो । मार्केटलाई काठमाण्डौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघले प्रवद्धन गरेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको