अर्थ संसार, काठमाडौं यूनाईटेड सिमेन्टस् प्रा.लि. को ग्राहक योजना ‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ अन्तरगतको लक्की ड्र कार्यक्रम मंगलबार काठमाडौँ त्रिपुरेश्वरको डिइसीसी हलमा हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरी सम्पन्न भएको छ ।
गत बैशाख २०७६ देखि असार मध्य २०७६ सम्म लागु गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप Hyundai Santro Carउपहार लक्की ड्र बाट छनोट गरिने उद्योगको योजना अनुसार सो कार्यक्रम सम्पन्न भएको हो ।
यस अनुसार कुपन नं. १५७८७ Santro Carबिजेता बन्न सफल भएको छ भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् ।
यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्र सहित २०७६ कात्र्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरि उपहार दाबी गरिसक्नु पर्ने उद्योगले जनाएको छ ।
कार्यक्रममा यूनाईटेड सिमेन्टस्का प्रबन्ध निर्देशक विकास दुगडले सबै बिजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहबर्धक ग्राहक योजना भविष्यमा पनि यूनाईटेड सिमेन्टस्ले ग्राहकमाझ पस्कने प्रतिबद्धता जनाउनु भयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस