Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टका उपभोक्ताहरुलाई तिहारमा चाँदी उपहार

अर्थ संसार

शनिबार, ०२ कार्तिक २०७६, १९ : ३७ मा प्रकाशित

शिवम् सिमेन्टका उपभोक्ताहरुलाई तिहारमा चाँदी उपहार

अर्थ संसार, काठमाडौं - गुणस्तरीय सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले हिन्दुहरुको महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दीपावलीको शुभकामना व्यक्त गर्दै ‘यो तिहार शिवमको साथमा, चाँदीको उपहार सबैको हातमा’ नामक विक्री योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्ता मुखी स्कीम शुरु गरेकोछ । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको छ ।

सिमेन्ट जगतमा विगतलामो समयदेखि ओपिसि सिमेन्ट उत्पादन गर्दै, निमार्ण क्षेत्रमा लोकप्रियता हासिल गर्र्न सफल शिवम् सिमेन्टले चाँड पर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्पmत थप उत्साह प्रदान गर्दै आइरहेको छ ।

सोहि अनुरुप, कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का र चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो । दिपावलीको शुभकामना सँगै यो तिहार सबैका लागि विशेष तिहार होस् भनी सम्पूर्ण ग्राहक वर्गमा खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको