Like us!
Follow us!
Connect us!
Watch us!

किसान पाइप प्रडक्टस्को डिलर मिट सम्पन्न

अर्थ संसार

आइतबार, ०३ कार्तिक २०७६, १८ : १३ मा प्रकाशित

किसान पाइप प्रडक्टस्को डिलर मिट सम्पन्न

अर्थ संसार, काठमाडौं– किसान पाइप प्रडक्टस् प्रालीले पूर्वको ठूलो शहर बिराटनगरमा डिलर मिट सम्पन्न गरेको छ ।कम्पनीले होटल स्र्टन स्टारमा आयोजना गरेको कार्यक्रममा झण्डै सय जना डिलर प्रतिनिधि र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

डिलरहरुलाई प्रोत्साहनगर्न तथानयाँ प्रडक्टबारे जानकारी दिन कम्पनीले डिलर मिट कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले किसान पाइपका बारेमा जानकारी दिनुभएको थियो ।
 उहाँले डिलरहरुमार्फत नै उपभोक्तासम्म प्रोडक्टका बारेमा धेरै कुराको जानकारी पुग्ने भन्दै आफूहरु प्रतिस्पर्धी बजारमा उच्च गुणस्तरका पाइपहरु उत्पादन गरी देशको निर्माण क्षेत्रमा योगदान दिन प्रतिवद्ध रहेको बताउनु भयो । उक्त कार्यक्रममा सिक्वीसी क्ष्लमष्ब का प्रतिनिधि मोहित बंसलले प्रोडक्टका बारेमा डिलरहरुलाई धेरै कुराको जानकारी दिनु भएको थियो ।

किसान पाइप प्रडक्टस् प्रालीले सिपिभीसी, पिभिसी, एचडीपीई जस्ता पाइपहरु उत्पादन गर्दै आईरहेको छ । त्यस्तै रोट्टो र ब्लो सेगमेन्टमा पानी ट्यांकी पनि उत्पादन गरिरहेको छ । रोट्टो ट्यांकी पहिलेदेखि नै उत्पादन हुँदै आएको थियो भने ब्लो ट्यांकी नयाँ प्रविधिसहित केही समय अघिदेखि बजारमा उपलब्ध गराईएको हो ।

किसानले जापानबाट विश्व प्रसिद्ध सिक्वीसीको ड्युरा एस्ट्रिम कच्चा पदार्थबाट सिपिभिसी पाइप निर्माण गर्दै आईरहेको छ । नवलपरासीको वर्दघाटमा किसान पाइपको उद्योग रहेको छ । सोही उद्योगका उत्पादनहरु किसानले आफ्ना डिष्ट्रिब्युटर्स तथा सेल्स एजेन्ट मार्फत बजारीकरण गर्दै आईरहेको छ ।

5dac5376cae4c.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको