Like us!
Follow us!
Connect us!
Watch us!

जावलाखेलको फुटबल मैदान बन्यो बगैँचा {भिडियो र फोटोफिचर}

अर्थ संसार

आइतबार, ०३ कार्तिक २०७६, १८ : ३५ मा प्रकाशित

अर्थ संसार, ललितपुर – तिहार आउन अझै हप्ता दिन बाँकी नै छ । तर, ललितपुरको जावलाखेलको फुटबल मैदान यतिखेर फूलैफूलले बाटोमा हिड्ने बटुवाहरुको ध्यान तान्न सफल भएको छ ।पुग्दा लाग्छ यो कुनै खेलमैदान होइन, बगैँचा हो ।

फ्लोकिल्चर एसोसिएसनले आयोना गरेको १३ औं गोदावारी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६ गत शुक्रबारदेखि सुरु भएको छ । 

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासा शुरु भएको प्रदर्शनी सोमबार सकिदैछ । पुष्प प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल छन्।

मेलामा तिहारमा चाहिने सम्पूर्ण किसिमका फूलहरु र फलफूलका विरुवाहरु पनि पाइने फ्लोकिल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसाजु  श्रेष्ठले बताए ।

 ३५ हजारले अवलोकन गर्ने र करीब ५० लाख बराबरको आर्थिक कारोवार हुने अपेक्षा रहेको छ ।मेलाले युवायुवतीदेखि वृद्धवृद्धालाई समेत आकर्षित गरेको छ।

बाँकी फोटो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।

हेरौं, भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको