Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवा भारतमा पनि

अर्थ संसार

सोमबार, ०४ कार्तिक २०७६, ०८ : १० मा प्रकाशित

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवा भारतमा पनि

अर्थ संसार, काठमाडौं नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवामा भारतबाट पनि डाटा रोमिङ प्याक सञ्चालन गरेको छ । टेलिकमले १ कात्तिकदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालन गरेको हो । योसँगै नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले भारत भ्रमणमा ‘डाटा रोमिङ प्याक’ सञ्चालन गर्न सक्नेछन् ।

डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याकअन्तर्गत २४ घन्टासम्म प्रयोग गर्न मिल्ने गरी १ सय २५ रुपैयाँमा १ सय एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ ।

यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५ सय एमबी डाटा तथा मासिक प्याकअन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जिबी डाटा उपलब्ध गराइएको छ ।

डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरको  हुनुपर्ने कम्पनीले जानकारी दिएको छ । प्रिपेड ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरी वा कम्पनीको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्नेछन् । हालका लागि पोस्टपेड मोबाइल ग्राहकले यो सेवा ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नुपर्ने कम्पनीले बताएको छ ।

खरिद गरेकै समयदेखि उपरोक्त प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिस्टर्ड भइसकेपछि मात्र रोजाइका प्याक कम्पनीको एममार्फत अथवा ८१४१५३ डायल गरी खरिद गरेमा प्याकको पूर्ण सदुपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

दैनिक, साप्ताहिक र मासिक प्याक खरिद गर्न क्रमशः आइएनडीआरएम १ डी, आइएनडीआरएम ७ डी तथा आइएनडीआरएम २८ डी लेखी १४१५ मा एसएमएस पठाउनुपर्ने  कम्पनीले जनाएको छ । कम्पनीले २० भदौदेखि नै भारतमा डाटा रोमिङ सेवा उपलब्ध गराइरहेको छ ।

हाल सञ्चालनमा ल्याइएको डाटा रोमिङ प्याक कम्पनीका पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको