Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबुलकार वार्षिकोत्सवको अवसरमा उपहार योजना

अर्थ संसार

शुक्रबार, ०८ कार्तिक २०७६, ०७ : ४७ मा प्रकाशित

मनकामना केबुलकार वार्षिकोत्सवको अवसरमा उपहार योजना

अर्थ संसार, काठमाडौं -नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो २१ औं वार्षिकोत्सबको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ । एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी गराएको छ ।

उक्त योजना अनुसार पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजी स्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल रहेको छ ।

कम्पनीले आफ्ना यात्रुलाई सम्मान गर्ने उद्देश्यले यो उपहार योजना ल्याएको हो । यहि कात्तिक ७ गते देखि सुरु भएको यो योजना मंसिर ७ गतेसम्म लागु हुनेछ । कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको बिशेष अवसरमा लक्की ड्र मार्फत विजेता घोषणा गर्ने छ ।

यस योजना चितवन कोइ समूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशी नागरिक, स्थानीय वासिन्दा र बालबालिकाको टिकटमा भने लागु नहुने कम्पनीले जनाएको छ । मनकामना दर्शनार्थीलाई लक्षित गरी चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म सञ्चालित यस केबुलकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत योगदान पु¥याउदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको