Like us!
Follow us!
Connect us!
Watch us!

७०% सम्म छुट जुत्ताचप्पलमा, छुट्ला है भृकुटीमण्डपको विन्टर फुटवेयर बिजनेस एक्स्पो ? (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, २२ कार्तिक २०७६, १८ : २२ मा प्रकाशित

अर्थ संसार, काठमाडौ–नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादक तीन उद्योग मिलेर कार्तिक २२ गते अर्थात बिहीबारदेखि भृकुटीमण्डपमा विन्टर फुटवेयर बिजनेस एक्स्पो (मेला) सुरु भएको छ ।
 विन्टर फुटवेयर बिजनेस एक्स्पो (मेला) को उद्घाटन प्रदेश ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुंगेलले गर्नुभएको थियो ।

मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री ढुंगेलले हरेक नेपाली जनताको खुट्टामा नेपाली जुत्ता हुनु पर्ने बताउनुभयो । अहिले बर्तमान अवस्थामा ६० प्रतिशत नेपाली जुत्ताले आत्मनिर्भर भएको हुँदा अर्काे वर्ष आउँदा ८० प्रतिशत नेपाली जुत्ताको आत्मनिर्भर भएको सुन्न पाउने अपेक्षा गर्नुभयो । नेपाली जुत्ता अझ गुणस्तर बनाउनु पर्ने जोड दिदै मन्त्री ढुंगेलले  नीजि क्षेत्रको सहयोगमा समुद्ध नेपालको यात्रामा  सरकार लाग्ने समेत बताउनुभयो ।

 मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल रहने छन् । उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर हुने शिखर सुजका  अध्यक्ष  प्रबन्ध निर्देशक एव् मेलका सभापति रामकृष्ण प्रसाइले बताउनुभयो ।  मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराउने उहाँले बताउनुभयो ।  मेला सीमित अबधिका लागि लगाइने आयोजकको भनाइ छ ।

जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो । मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध हुने उहाँले जानकारी दिए  ।

जाडोको सिजन सुरु भएकाले न्यानो खालका जुत्ता मेलामा राखिने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिनुभयो ‘मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध हुनेछन,’ उहाँले भन्नुभयो । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाउने छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध हुनेछन् ।

मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् । जुत्ता उत्पादक कम्पनीले हिउँदंलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध हुनेछन् ।मेला मंसिर ४ गतेसम्म चल्ने छ ।

हेरौं, भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको