Like us!
Follow us!
Connect us!
Watch us!
चितवन देखि कैलालीसम्म ११ नयाँ शाखा विस्तार, शाखा सञ्जाल १४४

मेयर रेनु दाहालले गरिन माछापुच्छ्रे बैंकको शाखा उद्घाटन

मिलन खड्का

बुधबार, २७ कार्तिक २०७६, १५ : ५४ मा प्रकाशित

मेयर रेनु दाहालले गरिन माछापुच्छ्रे बैंकको शाखा उद्घाटन

अर्थ संसार, काठमाडौं- माछापुच्छ्रे बैंककोबैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ । बैंकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको वर्दघाट, रुपन्देहि जिल्लाको मनिग्राम, कपिलबस्तु जिल्लाको चन्द्रौटा र तैलिहवा, दाङ्ग जिल्लाको तुल्सीपुर र लमही, वर्दिया जिल्लाको गुलरिया तथा कैलाली जिल्लाको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको हो ।

उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालीकाका स्थानिय जनप्रतनिधि एंव तथा माछापुच्छ्रे बैंकको बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतो ज्यूले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो । 

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा बैंकले २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।  

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४४ वटा शाखाहरु र १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै  देशभर रहेका १६७ वटा एटीएमहरु मार्फत बैंकले २४ सै घण्टा सेवा प्रदान गर्दे आएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको