Like us!
Follow us!
Connect us!
Watch us!
गहुमा लाग्ने सिंन्दुरे रोकथाम गरी खाद्य सुरक्षामा जोड

दक्षिण एसियाली कृषि वैज्ञानिकको कार्याशाला सुरु

शुक्रबार, १३ फागुन २०७३, १० : ५६ मा प्रकाशित

दक्षिण एसियाली कृषि वैज्ञानिकको कार्याशाला सुरु

अर्थ संसार 

काठमाडौं– गहुँमा लाग्ने सिन्दुरे रोगको अनुगमन र व्यवस्थापनसम्वन्धी दक्षिण एसियाली कार्याशाला शुक्रबार राजधानीमा सुरु भएको छ । कार्यशाला फेब्रुअरी २२ देखि मार्च १ सम्म चल्नेछ । कार्याशाला राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नाक), डीजीजीडब्लु र भारतको सत्गुरु म्यानेजमेन्ट कन्सल्टेन्टको आयोजना भएको हो । 

तालिम तथा कार्यशाललामा नेपाल, पाकिस्तान, भारत, अफगानिस्तान, बंगलादेश, भुटानलगायत इथियोपिया, केन्या, अष्टे«लिया, मेक्सिको, अमेरिका र दक्षिण अफ्रिकाबाट सहभागी र प्रशिक्षकहरु भेला भएका छन् ।

कार्याशालाले गहुँमा लाग्ने सिन्दुरे रोगको जोखिम व्यवस्थापनका लागि आवश्यक ज्ञान र माध्यममार्फत दक्षिण एसियाली वैज्ञानिकहरुको नयाँ पुस्तालाई तयार पार्न र क्षेत्रीय सहकार्यको अभिवृद्धि गर्नेछ । 

‘सन् १९९८ मा युगाण्डबाट पुनः देखा परेको सिंदुरे रोग विश्व गहुबालीका लागि ठूलो चुनौति बनेको छ, अमेरिकास्थित कोर्नेल युनिभर्सिटीस्थित डेलिभरीङ जेनेटिक गेन इन ह्विट (डीजीजीडब्लु) का सहनिर्देशक मरिसेलिस एसिभिडोले भनिन्, ‘खासगरी पूर्वी अफ्रिका, एसिया र यूरोपमा घातक सिन्दुरे रोग फैलिएर गहुँ उत्पादनलाई खतरा पुगेको छ । यसले विश्व खाद्य सुरक्षामै ठूलो जोखिम पैदा गरेको छ ।’

सिन्दुरे रोग हावाबाट सर्ने एककिसिमको ढुसीजन्य जिवाणु हो । यो खैरो, पहेलो र कालो गरी तीन प्रकारका हुन्छन् । युजी ९९ भनिने कालो सिन्दुरे सबैभन्दा बढी घातक मानिन्छ । दक्षिण एसियालगायत संसारभरी नै युजी ९९ को ठूलो जोखिम रहेकाले अहिले वैज्ञानिकहरु त्यसलाई प्रतिरोध गर्न सक्ने खालका नया“ जातका बिउको विकास तथा रोकथाममा लागिरहेका छन् । 

‘रोग पहिचान र ताप प्रतिरोधात्मक कार्यका लागि हरेक महादेशबाट गहुको हजारौं नमुना छनोट गर्न अन्तरदेशीय क्षमता सुधारका लागि डीजीजीडब्लु अन्तरगत राष्ट्रिय सरकार र एजेन्सीहरुसँग संयुक्त सम्झौताहरु सम्पन्न भएका छन्’, एसिभिडोले भनिन्, ‘गहँुमा लाग्ने रोगको निगरानीका लागि युवा वैज्ञानिकहरु (महिला र पुरुष दुवै) लाई प्रशिक्षण दिनेसम्वन्धी कार्यक्रमका लागि पनि स्रोतहरु लगानी भइरहेका छन् । २०१७ सार्क कार्याशाला यसैको उत्कृष्ट उदाहरण हो ।’

गहु“ नेपाललगायत अधिकांश दक्षिण एसियाको महत्वपूर्ण खाद्यान्न बाली हो । नेपालमा पछिल्ला दशकहरुमा सुधारिएको जात र आधुनिक प्रविधिसगै गह“ुबालीको उत्पादन र क्षेत्रफल दुबै बढेको छ । नेपालमा सन् १९६५÷६६ मा करिब १ लाख हेक्टरमा गहु खेती गरी करिब १ लाख १२ हजार मेट्रिक टन उत्पादन गरिएको थियो । आव २०१५÷१६ मा नेपालमा गहुको उत्पादन १८ लाख ११ हजार मेट्रिक टन उत्पादन भएको थियो । 

सहभागीहरुलाई सिन्दुरे रोग, त्यसको जीवाणु, निगरानी, स्थलगत र प्रयोगशालासम्वन्धी विधि, बाली प्रजनन र तथ्यांकहरुबारे अवगत गराइनेछ । आधुनिक सुचना प्रविधिको माध्यमबाट अन्तर्राष्ट्रिय निगरानी (सर्वेलियन्स) को तथ्यांक अद्यावधिक गर्नेबारे पनि सिकाइनेछ । त्यसका लागि सत्गुरुले तयार गरेको रष्ट सर्वेक्षण एप्लिकेसन ‘सार्क टुलबक्स’ को स्थलगत रुपमा प्रदर्शन पनि गरिनेछ । 

तालिम तथा कार्याशालामा अन्तर्राष्ट्रिय कृषि विज्ञानमा नाम चलेका विज्ञहरुले प्रशिक्षण दिदैछन् । त्यसमा नेपालबाट नार्कका वैद्यनाथ महतो र सरला लोहनी, युनिभर्सिटी अफ सिड्नी, अष्ट्रेलियाका रोबर्ट पार्क, डिआरआरडब्लु, कोर्नेल युनिभर्सिटी, अमेरिकाका गोर्डन सिजर, अन्तर्राष्ट्रिय मकै तथा गहुबाली सुधार केन्द्र (सिमिट) का केन्याका श्रीधर भवानी, डीजीजीडब्लुकी मरिसेलिस एसिभिडो, युनिभर्सिटी अफ दि फ्रि स्टेट, दक्षिण अफ्रिकाका ज्याक प्रेटोरियस र सिमिट इथियोपियाका डेभ हड्सनलगायत छन् । 

डिजीजीडब्लुले ताप, खडेरी जस्ता वातावरणीय प्रतिकूलता र गहुमा लाग्ने खैरो र पहेंलो सिन्दुरे रोगलगायत जोखिमताहरु कम गर्न सन् विश्वका १५ विश्वविद्यालय र अनुसन्धान संस्थाहरुको नेतृत्व गर्छ । क्षमता विकास र तालिम डीजीजीडब्लुका महत्वपूर्ण पक्ष हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको