Like us!
Follow us!
Connect us!
Watch us!

स्पर्स लघुवित्तले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

बुधबार, ०९ पुस २०७६, १३ : ०४ मा प्रकाशित

स्पर्स लघुवित्तले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – स्पर्स लघुवित्तले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा पुस २७ गते होटल बाराही, लेकसाइड, पोखरामा बिहान ११ बजेबाट हुने भएकाे छ ।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोको कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

खण्डग्रास सूर्यग्रहण : कुन राशीलाई कस्तो प्रभाव ? ज्योतिष गंगा प्रसाद ढुङ्गानाको यस्तो सल्लाह (भिडियोसहित)

त्यसैगरी, सभामा अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्वीजीसन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जर अथवा एक्वीजीसनपश्चात कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने,  सञ्चालक समितिको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने एजेन्डा रहेकाे छ ।

लघुवित्तको हाल ८ करोड २९ लाख ६३ हजार चुक्ता पूँजी रहेको छ । १३ प्रतिशत बोनस शेयर वितरणपश्चात ९ करोड ३७ लाख ४८ हजार पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको