Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकाका सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, १३ : ४८ मा प्रकाशित

उपत्यकाका सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र

अर्थ संसार, काठमाडाैं - काठमाडाैं उपत्यकाकाे मुख्य सडकमा खाल्डा-खुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएका थिए । उनले उपत्यकाका विभिन्न सडकको स्थलगत अनुगमनसमेत गर्दै आएका छन् ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

यस क्रममा शनिबार मन्त्री नेम्वाङले कलङ्की–नागढुङ्गा सडकखण्डको स्थलगत अनुगमन गर्दै खाल्डाखुल्डीलाई पुर्न र सवारी आवत जावतलाई सुचारु बनाइराख्न निर्देशन दिए । काठमाडौँ क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया लगायत सहभागी थिए । चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल, माइतीघर–तीनकुने लगायतका सडक खण्डमा मन्त्री नेम्वाङले अनुगमन गरेका हुन् ।

नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुने, थापाथली, नक्साल भगवती, कपन लगायतका क्षेत्रमा सडक कालोपत्र भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले विगतका वर्षभन्दा चालू आवमा सडक मर्मतमा बढी बजेट बिनियोजन भएको जानकारी दिएका छन् ।

सडक बोर्डले चालू आवमा झण्डै ७० प्रतिशत राष्ट्रिय राजमार्गको मर्मत तथा ३० प्रतिशत बजेट स्थानीय सडक मर्मतमा खर्च गर्ने जनाएको छ । सरकारले सडक बोर्ड नेपाललाई गत आवमा भन्दा झण्डै रु तीन अर्ब बढी बजेट सडक मर्मतका लागि विनियोजन गरेको छ । -रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको