Like us!
Follow us!
Connect us!
Watch us!

हिजाे रेकर्ड ब्रेक गरेकाे सुनकाे मूल्य आज कति ?

निशा हुमाँगाई

बुधबार, १६ पुस २०७६, १२ : १२ मा प्रकाशित

हिजाे रेकर्ड ब्रेक गरेकाे सुनकाे मूल्य आज कति ?

अर्थ संसार, काठमाडौं – हिजाे अहिलेसम्मकै उच्च भएर नयाँ रेकर्ड बनाएकाे सुनकाे मूल्यमा आज (बुधबार) भने स्थिरता छाएकाे छ । बुधबार पनि सुन हिजाे कै मूल्य अर्थात प्रतिताेला ७३ हजार ५ सय रूपैयाँमै काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले बताएकाे छ ।

यता चाँदीकाे मूल्यमा भने आज (बुधबार) थाेरै गिरावट आएकाे छ । हिजाे मंगलबार प्रतिताेला ९ सय रुपैयाँमा कारोबार भएको चाँदिकाे मूल्य आज (बुधबार) १० रूपैयाँले घटेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको