Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढ्दा काराेबार भने घट्याे

निशा हुमाँगाई

बुधबार, १६ पुस २०७६, १५ : ०४ मा प्रकाशित

नेप्से बढ्दा काराेबार भने घट्याे

अर्थ संसार, काठमाडौं – आज (बुधबार) शेयर बजार ३.४७ अंकले बढेको छ । कुल १७६ वटा कम्पनीको ११ लाख ७५ हजार ३१३ कित्ता शेयर खरिदविक्री हुँदा ३७ करोड २९ लाख ८८ हजार ३०१ रुपैयाँको कारोबार भएकाे छ । 

११६६.०३  विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर ११६९.५० अंकमा आइपुगेको छ ।

बढेको शेयर बजारमा बैकिङ ३.३७ अंक, व्यापार ३.८३ अंक, होटल १६८.३२ अंक, विकास बैंक ६.४८ अंक, जलविद्युत ०.२ अंक, उत्पादन ५.८८ अंक, माइक्रोफाइनान्स २५.६८ अंक र सामूहिक लगानी कोष समूह ०.०९ अंकले बढेको छ ।

त्यसैगरी, फाइनान्स ०.९ अंक, निर्जिवन लाइफ २७.८२ अंक, अन्य १.७९ अंक र लाइफ इन्स्योरेन्स ८२.३६ अंकले घटेको छ ।

 

5e0c67e65c803.jpg 5e0c685f0def6.jpg 5e0c68b48e9e2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको