Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले गर्याे रेकर्ड ब्रेक

निशा हुमाँगाई

शुक्रबार, १८ पुस २०७६, ११ : १५ मा प्रकाशित

सुनको मूल्यले गर्याे रेकर्ड ब्रेक

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले रेकर्ड ब्रेक गरेकाे छ । शुक्रबार सुन प्रतिताेला ७४ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

'मेरो सुन जस्तो कम्पनीको शेयर अहिले पित्तलको भाउमा छ, शेयर होल्ड गर्नुहोस् अन्यथा प्रतिफल अर्काले खाइदेला' (भिडियोसहित) 

दुई दिन देखि स्थिर रहेको सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर आज (शुक्रबार) सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । 

त्यसैगरी, चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ । शुक्रबार चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेकाे महासङ्घले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको