Like us!
Follow us!
Connect us!
Watch us!

बाँदर लखेट्न जाँदा आफ्नै मृत्यु

निशा हुमाँगाई

शुक्रबार, २५ पुस २०७६, १३ : ०९ मा प्रकाशित

बाँदर लखेट्न जाँदा आफ्नै मृत्यु

अर्थ संसार, काठमाडौं - बाँदर लखेट्न भन्दै भरूवा बन्दुक बोकेर हिँडेका एक व्यक्तिकाे बिहीबार दिउँसो २ बजे आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्ती रहेका छन् ।

बागलुङ घर भई तमानखोलामा बस्दै आएका घर्ती घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै बन्दुक बोकेर हिँडेका थिए । छर्राले घाइते भएका घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासीले बताएका छन् । उनको बायाँ हात, खुट्टा र पिडौँलामा चोट लागेको थियो । घटनालगत्तै स्थानीयवासीले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बिहीबार राति अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताएका छन् ।

त्यसैगरी, घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए/नभएको विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ । मृतक घर्तीको शव अञ्चल अस्पतालमा राखिएको छ । बाँदर लखेट्न भनिए पनि घटना घट्नुको कारणका विषयमा पनि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

साथै, आवश्यक अनुसन्धान र परीक्षणपछि शवलाई परिवारको जिम्मा लगाइने भट्टराईले बताएका छन् । - रासस
 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको