अर्थ संसार, काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंकले बाेलाएकाे उक्त सभा माघ १७ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडाैंमा बिहान ११ बजे शुरु हुनेछ ।
उक्त सभामा सञ्चालक समितिले निर्णय गरेकाे १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा राखिएको छ ।
बैंककाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस