Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन उर्जाको दुई आर्थिक वर्षको साधारणसभा सम्पन्न, पारित भए प्रस्तावित एजेण्डा

निशा हुमाँगाई

शुक्रबार, २५ पुस २०७६, १५ : ४६ मा प्रकाशित

हिमालयन उर्जाको दुई आर्थिक वर्षको साधारणसभा सम्पन्न, पारित भए प्रस्तावित एजेण्डा

अर्थ संसार, काठमाडौं - हिमालयन उर्जा विकास कम्पनीकाे अठाराैं र उन्नाइसाैं वार्षिक साधारण सभा आज (शुक्रबार) बानेश्वर बैंकेट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा एकैचाटी सम्पन्न गरेकाे हाे ।

यसैगरी, साधारण सभा प्रयोजनको लागि कम्पनीकाे शेयरधनी दर्ता किताब पुस १३ गतेदेखि  आज (शुक्रबार, पुस २५ गते) सम्म बन्द रहेकाे थियाे ।

उक्त सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आ.व २०७४/७५ र आ.व २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे । त्यस्तै, सभामा  सञ्चालक समितिकाे आ.व २०७५/७६ को पारिश्रमिक अनुमोदन गरिएकाे छ । सभामा सञ्चालक समितिकाे आ.व २०७६/७७ काे पारिश्रमिक निर्धारण गरिएकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको