Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा चार कम्पनीको १ करोड ४६ लाख शेयर सूचीकृत, कुनको कति कित्ता ?

निशा हुमाँगाई

शुक्रबार, २५ पुस २०७६, १५ : ०७ मा प्रकाशित

नेप्सेमा  चार कम्पनीको १ करोड ४६ लाख शेयर सूचीकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा यस साता चार  कम्पनीकाे १ कराेड ४६ लाख ८३ हजार १७ कित्ता बाेनस शेयर सूचीकृत भएको छ । 

अपि पावरको ५ लाख ६७ हजार कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

त्यसैगरी, ग्लोबल आईएमई बैंककाे १ करोड ३३ लाख ६ हजार ५ सय ५७ दशमलव ७९ कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।

त्यस्तै, नेशनल लाइफ इन्स्याेरेन्सकाे ७ लाख ५१ हजार ८६०.१३ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

यसका साथै, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे ५७ हजार ६ सय कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।

 

5e18436616254.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको